Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने

एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २२ असार । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) ले १५.८९ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकको आज बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजीबाट सो अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३ प्रतिशत नगद लाभांश दिने पनि निर्णय गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *