Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

विषादी परीक्षण थप तयारीका साथ कार्यान्वयनमा लैजाने सरकारको निर्णय

विषादी परीक्षण थप तयारीका साथ कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं,२४ असार । सरकारले विषादी परिक्षण थप तयारीका साथ कार्यन्वयमा लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकले थप तयारीका साथ विषादी परिक्षण कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्दै भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने निर्णय गरेको सरकारका प्रवक्ता एव संचार एव सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।मन्त्री बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले आफूहरु बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने बताए ।

उनले भने, ‘सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरु हुनसक्छन्, पत्रहरु आदानप्रदान हुनसक्छन्, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अग्र्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।’ बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने मन्त्री बास्कोटाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x