Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मजदुर आन्दोलनका कारण मध्य मोदीको काम एक साता देखि अवरुद्ध

मजदुर आन्दोलनका कारण मध्य मोदीको काम एक साता देखि अवरुद्ध

काठमाडौं, २६ असार । पारिश्रमिक नपाएको भन्दै आयोजनामा कार्यरत मजदुरहरूले आन्दोलन गरेपछि पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजनाको काम पुन रोकिएको छ । १५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा कार्यरत झन्डै २ सय मजदुरले पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक सातादेखि आन्दोलन गरिरहेका छन्।

प्रभावित क्षेत्रका बासिन्दाहरूको आन्दोलनका कारण झन्डै दुई सातासम्म बन्द रहेको आयोजनाको काम गत जेठ २५ गतेबाट मात्र सुचारु भएको भए पनि फेरि कार्यरत मजदुरको आन्दोलनका कारण सुचारु भएको एक महिना नपुग्दै आयोजनामा अवरोध उत्पन्न भएको छ। आन्दोलनरत मजदुरले यस अगाडि गरिएका पटक पटकका आन्दोलनमा कर्मचारीहरूलाई समयमानै तोकिएको तलब उपलब्ध गराउने सहमति भएको थियो। तर पछिल्लो छ महिनादेखि आफूले पारि श्रमिक नपाएका कारण आयोजनाको काम नै बन्द गराएर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x