Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालगंज र कोहलपुर मेडिकल कलेजको स्वास्थ्य सेवामा सांग्रिला बैंकका कर्मचारी र ग्राहकलाई छुट

नेपालगंज र कोहलपुर मेडिकल कलेजको स्वास्थ्य सेवामा सांग्रिला बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं, २५ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा.सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

यी मेडिकल कलेज नेपालगंज स्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित छन् । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा श्रावण १ गतेबाट १० प्रतिशतसम्म छुट पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x