बाढी तथा पहिरोमा परी १५ को मृत्यु,६ वेपत्ता

काठमाडौं,२७ असार । हिजाे देखि परेकाे अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरीमा गरी १५ जनाको मृत्युको छ भने ६ जना वेपत्ता भएका छन । गृह मन्त्रालयका अनुशार बाढी पहिरव्मा परी १३ जना घाइते भएका छ । बाढी पहिरोमा परी मृत्यु हुनेमा पर्सामा १, खोटाङमा ३ भोजपुरमा १ रामेछापमा १ सिन्धुलीमा १ काभ्रेपलान्चोकमा २ ललितपुरमा १ र काठमान्डौमा ३ जना रहेका छन् । त्यसैगरी मकवानपुरम १ धादिङमा १ गरी १५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । अविरल वर्षाका कारण काठमाडौको मुलपानीस्थित बाबा चोकमा पर्खाल भत्कदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन ।

काभ्रेको वनेपा नगरपालिका वडा नंबर ३ चुनातालमा पहिरोले घर पुरिंदा गोमा दङ्गाल र उनकी ७ वर्षिया नातिनीको मृत्यु भएको छ । घटनामा मृतक गोमाका श्रीमान् घाइते भएको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । एशियाली विकास बैंकको ऋण सहयोगमा २१ करोड ५६ लाख ४६ हजार लागतमा पुनर्निर्माण भएको खोपासी ढुखर्क च्याम्राङवेशी सडकको पार्थली र सल्लाफेद खण्ड बर्षातपछिको पहिरोले बगाएको छ । विभिन्न स्थानमा पहिरोको कारण अवरुद्ध वीपी राजमार्गका दिउसभरको प्रयासपछि एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको दाइजोरमा एउटा गोठ भत्किंदा गोठमा चौपायालाई घाँस हाल्न गएकी ७० बर्षकी पद्मकुमारी सुनुवारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पद्मकुमारीसंगै गोठमा गएकी उनकी छोरी असली सुनुवार घाइते भएकी छिन् ।
भत्किएको गोठले किचेर २ वटा भैंसी र १६ वटा बाख्रा समेत मरेका छन् । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । घाँस काट्न वनमा गएका बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

खोटाङ्गको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । २९ बर्षिया रेखा राई र उनका २ छोराहरु ४ बर्षिय रमण र ७ महिने रोजनको शव फेला पारिएको हो । आज बिहान झरेको पहिरोले घर बगाउँदा उनीहरु वेपत्ता भएका थिए । आज बिहान करीब ५ बजे झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको र स्थानीयहरूले विष्णु राईलाई घाइते अवस्थामा उद्धार गरेका छन । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई बेपत्ता भएका छन् । बाढी र पहिरोका कारण विभिन्न राजमार्गहरु समेत अवरुद्ध भएका छन ।

अविरल वर्षाका कारण गजुरी गाउँपालिका वार्ड न– ४ डाँडेमा पहिरोका कारण घर भत्कीदा एक जना बालीकाको मृत्यु भएको छ ।एक जना घाईते भएका छन् । पहिरोले कृष्ण बहादुर तामाङ्गको घर भत्कीदा उनका आठ वर्षीय छोरी अस्मित तामाङ्गको मृत्यु भएको हो ।यसै बीच झापाका खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । कमल खोलाको बाढीले बगाएर इलाम चुलाचुली गाउँपालिकाका ५० बर्षीय अञ्चल लावतीको र दमक वडा नम्बर १० मा भालु खोलाले बगाएर ६ बर्षीय एलिजा न्यौपानेको पनि मृत्यु भएको हो । खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ बर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । बाढी पहिरोका कारण देशभरका विभिन्न ठाउँमा ४ सय ३५ घर परिवार विस्थापित भएको गृहमन्त्रालयले जनाएको छ । बाढी पहिरोमा परी काठमान्डौका विभिन्न ठाउँबाट १ सय ५० गरी १ सय ५३ जनाको उद्दार गरिएको पनि मन्त्रालयले जनाएको छ ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *