Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकले ॐ समाज डेण्टल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले ॐ समाज डेण्टल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

काठमाडौं, २९ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र ॐ समाज डेण्टल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । चाबहिलमा रहेको उक्त हस्पिटलका अध्यक्ष सुवास घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई हस्पिटलले तोकिएको सेवा शुल्कमा १५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । छुट बैंकका भिषा डेबिट कार्ड वाहक ग्राहकहरूले उक्त अस्पतालमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा पाउने व्यवस्था गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले १ सय १९ वटा शाखा कार्यालय, २५ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x