Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्दो क्रममा

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्दो क्रममा

काठमाडौं, २९ असार । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा सुधारको लक्षण देखिएको छ । तर, सेयर कारोबार रकममा भने झनै गिरावट आउन थालेको छ । आज २८ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा सेयर कारोबारमा सेयरकर्ताहरुको सेयरमा आकर्षण बढ्न छोडेको जानकारहरु बताउछन् ।

अघिल्लो साता एक दिन बाहेक लगातार ओरालो लागेको सेयर बजार आज ०.९५ अंकले बृद्धि भई १२४९.४९ विन्दुमा रोकिएको छ । १ सय ६१ कम्पनीको १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको भएको छ । उक्त सिटिजन इन्भेष्टमेण्टको २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत ११ समूहमध्ये ६ समूहको उपसूचक बढेको छ भने बाँकी अन्य ५ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक बढ्नेमा होटेल समूह ०.५९ प्रतिशत, विकास बैंक समूह ०.५५ प्रतिशत, हाइड्रोपावर समूह ०.०८ प्रतिशत, अन्य समूह ०.३२ प्रतिशत, जीवन बीमा समूह ०.५५ प्रतिशत र म्युचियल फण्ड समूहको ०.५५ प्रतिशत रहेको छ ।

त्यस्तै बंैकिङ्ग समूह ०.०५ प्रतिशत, फाइनान्स समूह ०.२६ प्रतिशत, निर्जीवन बीमा समूह ० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१ प्रतिशत र माईक्रोफाइनान्स समूहको ०.०३ प्रतिशतले गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x