Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशतका दरले बोनस सेयर दिने

आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, २९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज राजधानीमा सम्पन्न साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै साधारण सभाले कुनै उपयुक्त कम्पनीलाई गाभ्ने, गाभिने वा प्राप्तीको अख्तियारी पनि संचालक समितिलाई दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको हाल सम्मको अवधीमा १ अर्व २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने ४३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ। यस्तै, १ अर्व ५० करोड रुपैयाँ भन्दा बढी लगानी गरेको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x