Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

के हो भिसिटिएस प्रणाली ? किन विरोध गर्दैछन व्यवसायीहरु

के हो भिसिटिएस प्रणाली ? किन विरोध गर्दैछन व्यवसायीहरु

काठमाडौं,४ साउन । सरकारले यही साउन १ गतेदेखि ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लागु गरेको छ । भिसीटिएस  शुभारम्भ गरेसँगै व्ययसायीहरु यसको विरोधमा उत्रिएका छन् । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ भिसिटिएस प्रणाली लागु गरेको हो । तर ब्यापारी र व्यवसायी वर्गबाट यसको आलोचना हुँदा यसको निरन्तरता त्यती सहज नहुने हो कि भन्ने आशंका सृजना भएको छ ।

के हो भिसिटिएस ?

एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको नै भिसिटिएस प्रणाली हो । कारोवारको पारदर्शीताका लागि व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गरिन्छ । यसमा व्यावसायिक प्रयोजनका मालवस्तु आयात/निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले विवरण भर्नु पर्दछ । यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन् । राजश्व अनुसन्धान विभागको वेबसाइटमा लग इन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।

राजस्व अनुसन्धान विभागको वेभसाईट www.dri.gov.np मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने वस्तु र साधानको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ । अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्नका लागि  प्रणाली उपयुक्त हुने गर्दछ । भिसिटिएसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नाका साथै व्यवसायीको पनि समय र लागत बचत गराउछ ।  मुख्य गरेर यो ब्यवस्थाले मालबहाक सामान पटके चेकजाँचका र रोकिनु पर्ने वाध्यतालाई हटाउने छ । राजमार्गमा रहेका सबै चेक पोष्टहरु राख्नु अवस्था रहदैन । यसले पटक पटकको अनावश्यक चेक जाँचका कारण व्यापारीहरुलाई पर्ने हैरानी अन्तय हुने वातवरण सृजना हुन्छ ।

किन विरोध गर्दैछन ब्यवसायी

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस) तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । प्रविधिको प्रयोगबाट व्यापारीलाइ सहज पारिदा उनीहरुबाट हुदै आएको यस विरोधलाइ शंकाको रुपमा हेरिएको छ । भिसिटिएस प्रणाली मान्य नहुने भन्दै तत्काल खारेज गर्न सरकारसँग उनीहरुको माग छ । खास गरी यसको कार्यविधि एव प्रवधानमा आफ्नो विरोध रहेको उनीहरुको बताएका छन् ।  ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति रहेको उनीहरुको भनाइ  छ ।

कारोवारको पारदर्शिताबाट किन भाग्न खोजेको आशंकामा भने यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले सियो समेत उत्पादन नगरी आयतमा निर्भर रहने देशले यो प्रणाली लागु गरेर व्यवसायीलाई अनावश्यक हैरानी दिन खोजेको प्रतिक्रिया ।  आयात, निर्यात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको यो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी उनीहरुले दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x