Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बाढी,डुवान र पहिरोका कारण १० दिनमा १ अर्ब बढी क्षति

बाढी,डुवान र पहिरोका कारण १० दिनमा १ अर्ब बढी क्षति

काठमाडौं,५ साउन । बाढी,डुवानका र पहिरोका करण १ अर्ब बढीको आर्थिक क्षति भएको छ । गृहमन्त्रालयका अनुशार विभिन्न ३४ जिल्लामा गरि १० दिनमा मात्र १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५  क्षति भएको हो । विपद् व्यवस्थापनका लागि मनसुन सुरु भएसँगै ८ करोड २५ लाख रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ । २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित छ । १० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन भे  ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् ।

विशेषगरी पुर्वी तराइमा हजारौ हेक्टरमा लागाइएको तरकारी फलफूल लगायत कृषि वाली नष्ट भएको छ भने सयौ उद्योगहरु ढुवानमा पर्दा उत्पादिक वस्तु र कंचा पदार्थ समेत काम नलाग्ने भएको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x