Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

मुख्य भन्सारनाकाहरूले नै भेट्टाएनन् राजश्व संकलनको लक्ष्य

मुख्य भन्सारनाकाहरूले नै भेट्टाएनन् राजश्व संकलनको लक्ष्य

काठमाडौ,५ साउन । गत आर्थिक बर्षमा मुख्य भन्सारनाका मानिएका भन्सारनाकाहरु नै राजश्व संकलनको लक्ष्य भेटन चुकेका छन् । सवैभन्दा बढी आयत हुने नाका विरंगज, भैरहवा र विराटनगर लगायतका मुख्य नाकाहरले यस बर्ष राजश्व संकलनको लक्ष्य भेटन सकेनन् । यी नाकाहरूबाट लक्ष्यको ९० प्रतिशत भन्दा कम भन्सार राजश्व संकलन भएको छ ।

सवै भन्दा बढी आयत गरिने नाका वीरगन्जमा लक्ष्यको ८६ प्रतिशत  राजस्व उठाएको छ।  वीरगन्जको अर्को भन्सार सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले निर्धारित लक्ष्यको ८९.३६ प्रतिशत राजस्व असुली गरेको छ।  विराटनगर भन्सार कार्यालयले गत आवमा ९० प्रतिशत मात्र राजस्व असुली गरेको छ। यसै गरी भैरहवाले भन्सार कार्यालयले लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन गरेको छ। चीन सँगको नाका रसुवागढी भन्सारले भन् लक्ष्य भन्दा ११ प्रतिशत बढी राजश्व संङकलन गरेको छ । रसुवागढी भन्सारले लक्ष्यको एक सय ११ प्रतिशतले राजस्व असुली गरेको छ। नेपालगन्ज भन्सार कार्यालयले यस वर्ष वार्षिक लक्ष्य अनुसारै राजस्व उठाएको छ। सरकारले रसुवा गढी नाकालाई गत आर्थिक वर्षका लागि १२ अर्ब ३३ करोड एक लाख  रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएकोमा १२ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ असुली भएको छ ।

सरकारले गत वर्ष भन्सारबाट चार खर्ब १८ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । जस मध्ये तीन खर्ब ६२ अर्ब रुपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यका तुलनामा ८६.६० प्रतिशत हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *