Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको ४ अर्व ४० करोडको डिबेन्चर ९ गते देखि बिक्री खुला हुने

एनआईसी एशिया बैंकको ४ अर्व ४० करोडको डिबेन्चर ९ गते देखि बिक्री खुला हुने

काठमाडौं, ६ साउन । एनआईसी एशिया बैंक ‘एनआईसी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीको लागि खुला गरेको छ । बैंकले बार्षिक १०.२५ प्रतिशत व्याजदरमा १ हजार रुपैयाँ प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको ४ अर्ब ४० करोड रुपैयाँ डिबेन्चर बिक्रीका सूचना जारी गरेको छ।

उक्त डिबेन्चरको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले जनाएको छ। ४ अर्ब ४० करोड रुपैयाँको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड रुपैयाँ व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गरिएको हो ।

बैंकले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । साउन ९ गते देखि भद्रौ ३ सम्म विक्री खुल्ला रहने सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x