Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बीमाको पहुँच २० प्रतिशत जनतामा, चालु वर्षमा १० प्रतिशत पहुँच बृद्धिको लक्ष्य

बीमाको पहुँच २० प्रतिशत जनतामा, चालु वर्षमा १० प्रतिशत पहुँच बृद्धिको लक्ष्य

काठमाडौं, ६ साउन । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले चालु आर्थिक वर्ष भित्र बीमाको पहुँच कूल जनसंख्याको ३० प्रतिशत जनतामा पु¥याउने लक्ष्य लिएको छ । गतआर्थिक वर्षको अन्तसम्ममा बीमाको पुहँच २० प्रतिशत जनतामा पुगेको अनुमान गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीमा समितिका कार्यकारी निर्देशक–राजुरमण पौडेल

तेस्रो त्रैमाससम्ममा बीमाको पहुँच १७ प्रतिशत जनतामा पुगेको थियो । पुहँच विस्तारका लागि ग्रामिण क्षेत्रमा विभिन्न सचेतनामुलक कार्यक्रम संचाल गर्ने उनले जानकारी दिए । त्यस्तै घुम्ती बीमालाई प्रसय दिइने छ । त्यसमार्फत निम्नआय भएकाहरुलाई पनि बीमामा आवद्ध गराउन सक्ने उनको भनाई छ।

बीमाको क्षेत्रको सुशासन अभिबृद्धिलाई पनि चालु आर्थिक वर्षमा विशेष प्राथमिकता दिने जनाइएको छ । त्यसका लागि सरकारले बजेटमा निर्देशन गरे अनुसार कार्यक्रमहरु तय गरिएको जानकारी दिइएको छ । यसबाहेक बीमा निर्देशिका, विमक निर्देशिका, पुनर्बीमा नीति तर्जुमा गरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

समितिका अनुसार हाल अहिले मुलुकमा १९ वटा जीवन, २० वटा निर्जीवन र एक पुनर्बीमा कम्पनी संचालनमा छन् । त्यसमा ८ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५ लाख अभिकर्ताहरुले काम गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x