Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लमजुङमा सिभिल बैंकको दुई शाखा संचालनमा

लमजुङमा सिभिल बैंकको दुई शाखा संचालनमा

काठमाडौं, १२ पुस । सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले ५४औं शाखाको रुपमा भुल्भुलेमा मंगलबार र ५५औं शाखाको रुपमा राइनासमा बुद्यबार देखि संचालनमा ल्याएको हो । यी दुशै शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरे ।

उक्त शाखाहरुको उद्घाटन समारोहहरुमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, मस्र्याङदी गाँउपालिका अध्यक्ष अर्जुन गुरुङ, राइनास नगरपालिकाका अध्यक्ष सिंह बहादुर थापा, उद्योग वाणिज्य संघ राइनासका अध्यक्ष नवीन पाण्डे, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, नेपाली सेनाश्रीश्रीजंग गणका गणपति प्रमुख सेनानी माधव थापा तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले ग्रामीण भेग मस्र्याङदी गाँउपालिकाको भुल्भुले र राइनासनगरपालिकाको तीन पिप्लेमा शाखा संचालनमा ल्याएकोमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले खुशी ब्यक्त गरे ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । उक्त कार्यक्रममा सिभिल बैंकद्वारा मस्र्याङदी गाँउपालिका तथा मातहतका वडा कार्यालयहरुको लागी १० थान कम्प्यूटर सेट पनि प्रदान गरीएको थियो ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८% को बृद्धी हो) खुद नाफा कमाउन सफल भएको यस बैंकले शेयरधनीहरुलाई ४०% हकप्रद शेयरको निस्कासन गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी रु ८ अर्ब पु¥याउने योजना रहेको छ । साथै यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा लमजुङकै क्होलासोँथरको मालिङमा, दूधपोखरीको गौंडामा तथा बेसीशहरमा गरी थप ३ शाखा सहित बैंकको कुल शाखा संख्या ५८ पु¥याउने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x