नेपाल र जर्जिया चेम्वर अफ कमर्श बीच व्यापार र आर्थिक अभिवृद्धिका लागि समझदारी
काठमाडौं,७ साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबीच दुई देशको व्यापार र आर्थिक अभिवृद्धि गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ९ बुँदे समझदारी पत्रमा दुई देशका चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारीक, औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागी हुने उल्लेख छ । दुई देशको व्यापार, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानून र नियमको ढाँचाभित्र रहि द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यवसायीक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाले हस्ताक्षर गर्नुभयो ।