Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बाढी र विषादिको वाहानामा तरकारीको मुल्य तीन सय प्रतिशत बृद्धि

बाढी र विषादिको वाहानामा तरकारीको मुल्य तीन सय प्रतिशत बृद्धि

काठमाडौं,७ साउन । केहि दिन यतादेखि बजारमा हरियो तरकारीको मूल्य आकाशिएको छ । उपभोक्ताले धान्नै नसक्ने गरी तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन सय प्रतिशत सम्म बृद्धि गरिएको छ ।यसरी उपभोक्ताको भान्सा महँगो हुनुनमा बाढी पहिरो र विसादी परिक्षणका कारण बजारमा तरकारी कम आउदा बाजारमा तरकारी महँगिएको व्यपारीहरुको भनाइ छ ।

बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाएतका बजारमा छोइ नसक्नु छ ।

असार २६ गते प्रतिकेजी ६८ रुपैयाँ रहेको गोलभेडाको ग्रहाकको भान्सासम्मा आइपुग्दा प्रतिकेजी १५० रुपैयाँसम्म मूल्य तिर्नुपर्ने अवस्था छ । यस्तै, भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले १२० रुपैयाँ छ।  हरियो तरकारीको मूल्य कम्तिमा प्रतिकेजी १०० देखि २०० पुग्गेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x