Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु बैंकमा विदेशी मुद्रा साट्न ‘प्रभु ईजी फरएक्स’ मोवाईल एपको प्रयोग गर्न सकिने

प्रभु बैंकमा विदेशी मुद्रा साट्न ‘प्रभु ईजी फरएक्स’ मोवाईल एपको प्रयोग गर्न सकिने

काठमाडौं, ६ साउन । प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत् अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन ‘प्रभु ईजी फरएक्स’ सञ्चालनमा ल्याएको छ । बैंकसम्म पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यतालार्ई सहजता प्रदान गर्न उक्त एप्लीकेसनको सुरुवात गरिएको बैंकले जनाएको छ ।

यो एप्लीकेसन एन्ड्रोएड मोवाइलको ‘प्ले स्टोर’बाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एप्पल स्टोरमा पनि चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप्लीकेसनमार्फत् बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आवेदकलाई बैंकवाट केही समय भित्रमै एसएमएसमार्फत् सटहीको कन्फर्मेसन कोड प्रदान गरिने बैंकले जनाएको छ । कन्फर्मेसन कोड उपलब्ध पश्चात बैंकले तोकेको शाखा वा काउन्टरमा गएर आवेदकले बिदेशी मुद्रा सटही गर्न सक्ने छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको बैंकको काउण्टरबाट समेत यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x