Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

इन्टरनेटमा भएको १३ प्रतिशत मूल्य वृद्धि फिर्ता हुने

इन्टरनेटमा भएको १३ प्रतिशत मूल्य वृद्धि फिर्ता हुने

काठमाडौं,८ साउन । इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा गरेको १३ प्रतिशत मूल्य वृद्धि फिर्ता हुने भएको छ । सरकारले इन्टरनेट सेवा प्रदायको माग अनुसार दुरसंचार नियमावली संशोधन अघि बढाएपछि बृद्धि गरेको शुल्क फिर्ता गरिने भएको हो ।

सेवा प्रदायकहरूको मागअनुसार नै नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढेको शुल्क फिर्ता हुने संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । संशोधन नियमावलीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको छ । जुन व्यवसायीहरुले माग गर्दै आएका थिए ।

सरकारले दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेसँगै इन्टरनेटको भाउ बढ्ने भन्दै चौतर्फि विरोध भएको थियो । विरोध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सेवा प्रदायकसँग मुल्य फिर्ता लिनुपर्ने दवावामा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x