Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेगा बैंकको ९ औं वर्ष पुरा, ‘एक शाखा, एक छोरी’ छात्रबृत्ति योजना घोषणा

मेगा बैंकको ९ औं वर्ष पुरा, ‘एक शाखा, एक छोरी’ छात्रबृत्ति योजना घोषणा

काठमाडौं, ७ साउन। मेगा बैंक नेपाल लिमिटेडले १० औं वर्ष प्रवेश गरेको छ । बैंकले आज काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा एक समारोह आयोजना गरी ९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

१० औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ‘एक शाखा, एक छोरी’ छात्रबृत्ति योजना घोषणा गरेको छ । उक्त योजनाको घोषणा प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १–१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ ।

यस्तै, कार्यक्रममा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x