Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेटबार्ता

घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेटबार्ता

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुबीच भेटबार्ता भएको छ । आज मन्त्रालयमा महासंघका पदाधिकारी र मन्त्री खतिवडाबीच मुलुका समसामयिक विषयमा भेटबार्ता भएको महासंघले जनाएको छ ।

उक्त भेटबार्तामा सरकारले लागु गर्न लागेको प्यान, बैंक खातामार्फत् तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका विषयमा छलफल भएको महासंघले जानकारी दिएको छ ।

सो विषयमा मन्त्री खतिवडाद्वारा सकारात्मक धारणा आएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । त्यस्तै अध्यक्ष गिरीका अनुसार छलफलमा सहभागीहरुले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन मन्त्री खतिवडालाई आग्रह गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x