सुनचाँदी बैङ्कमा राख्दा ब्याज प्राप्त हुने
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौंद्रिक नीति २०७६÷७७ ले सुनचादी बैंकमा राखेर ब्याज आर्जन गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थालाई केन्द्रीय बैङ्कले कार्यान्वयन गर्न यस्तो व्यवस्था गरेको हो ।
यसलाई कार्यान्वयनमा ल्याउन केन्द्रीय बैङ्कले कार्यविधि जारी गर्ने गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए । सुनचाँदी जस्ता बहुमूल्य वस्तुलाई तरल बनाउन सरकारले यस्तो व्यवस्था गरेको हो । सुनचाँदी खरिद गरेर घरमा राख्ने प्रवृत्ति कम हुने आकलन गरिएको छ ।