Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बाढीका कारण रेलमार्गमा करिब १० करोडको क्षति, पुन: निर्माणमा जुट्यो विभाग

बाढीका कारण रेलमार्गमा करिब १० करोडको क्षति, पुन: निर्माणमा जुट्यो विभाग

काठमाडौं,९ साउन । बाढीका कारण जनकपुर–जयनगर रेलमार्गमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । कमला नदीको बाढीले खजुरी र इनर्वा स्टेशनबीचको ७० मिटर लामो लिक बगाउदा दस करोड बराबरको क्षति पुगेको रेल विभागले जनाएको छ ।

जनकपुर–जयनगर रेलमार्गको लिकमा बाढीले क्षति पु¥याए पनि निर्धारित मितिमा रेल सञ्चालन नरोकिने विभागले बताएको छ । क्षति भएको लिक केही समय भित्र पुन निर्माण पुरा हुने र  आगामी तीन महीनाभित्र पहिलो रेल संचालनका लागि तयार गरी सक्ने विभागको तयारी छ । सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट भारत सरकारसँग दुईओटा रेल का लागि प्रकृया अघि बढाइ सकेको छ । रेल खरीदका लागि ८५ करोड रुपैयाँ निकासा भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x