Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

लघुवित्त मर्जरलाई प्रोत्साहन गरिने, पुँजी बृद्धि नहुदाँ संख्या घट्नेमा आशंका

लघुवित्त मर्जरलाई प्रोत्साहन गरिने, पुँजी बृद्धि नहुदाँ संख्या घट्नेमा आशंका

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विशेष सहुलियत दिने भएको छ । आज सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत मर्जरमा जाने लघुवित्तको एकल ग्राहक कर्जा सिमा नाघेका ऋणीको कर्जालाई सिमाभित्र ल्याउन सयम थप गर्ने भएको छ ।

मर्जरमा जाने लघुवित्तहरुले तोकिएको पूँजीकोष अनुपात पुर्याउनु पर्ने समय पनि थप गरिने छ। मर्जरमा जाने संस्थाहरुले स्वीकारयोग्य धितो लिई समुहमा आवद्ध भएका तथा नभएका गाउँपालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लघुवित्त वित्तीय संस्थाहरुबाट लघुउद्यम सञ्चालन गर्न प्रदान गरिने कर्जाको सिमा १० लाखबाट १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था गरेको छ।

संस्थाका कर्मचारीहरुले तलब, भत्ता तथा सुविधालाई निक्षेपको रुपमा स्वीकार गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ। मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उपमहानगरपालिका र जिल्ला सदरमुकाम बाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपछि मात्र उपमहानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखा स्थापन गर्न सकिने व्यवस्था मिलाएको छ ।

मौद्रिक नीति मार्फत लघुवित्त मर्जरदलाई प्रोत्साहन दिएकोलाई लघुवित्त वित्तीय बैंकर्स संघले स्वागत गरेको छ। संघका अध्यक्ष रामचन्द्र जोशीले मौद्रिक नीति स्वागतयोग्य आएको भएपनि मर्जरका लागि पूँजी बृद्धि नगर्दा संख्या घट्नेमा भने आंंशका व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x