Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुपर दोर्दी जलविद्युत आयोजनाको सुरुङमा बाढी पस्दा ४ जनाको मृत्यु

सुपर दोर्दी जलविद्युत आयोजनाको सुरुङमा बाढी पस्दा ४ जनाको मृत्यु

काठमाडौं,९ साउन । लमजुङको पूर्वीभागमा पर्ने सुपर दोर्दी जलविद्युत आयोजनाको सुरुङमा बाढी पस्द ४ जनाको मृत्यु भएको छ। बाढीमा परी करिब ८ सम्पर्क विहिन भएका छन् । बुधबार वेलुका दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट एक्कासी पहिरोसहितको बाढी आउँदा कामदारहरुलाई बगाएको हो। हराएका खोजि कार्य भइरहेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, लिबर्टी इनर्जी कम्पनी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’, लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजना र ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x