उन्नती माइक्रोफाइनान्सको आइपिओ आउँदै
काठमाडौं, १३ पौष । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ६५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले निष्कासन गर्ने लागेको प्राथमिक शेयर पौष २१ गते देखी बिक्री खुल्ला गर्ने भएको छ । उक्त प्राथमिक शेयर निष्कासनको बिक्री बन्द छिटो पौष २५ गते र ढिलोमा माघ ५ गते बिक्री बन्द गर्ने माइक्रोफाइनान्सले जनाएको छ ।
उन्नती माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको १ करोड ६५ लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्ने भएको छ । जसमध्ये माइक्रोफाइनान्सले कर्मचारीहरुको लागि ४ प्रतिशत वा ६ हजार छ सय कित्ता शेयर छुट्टाएको छ भने संचालनमा रहेका सामुहिक लगानी कोष प्रबद्र्धकहरुलाई ५ प्रतिशत वा ८ हजार २५० कित्ता शेयर छुट्टाइएको छ । र बाँकी हुन आउने १ लाख ५० हजार १५० कित्ता शेयर सर्वसाधारणहरुका लागि बिक्री गरिने माइक्रोफाइनान्सले जनाएको छ ।
यस प्राथमिक निष्कासनका लागि लगानीकर्ताहरुले घटिमा १० कित्ता र बढिमा ८२० कित्ता शेयर आवेदन दिन पाउने छ । माइक्रो फाइनान्सले प्राथमिक निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ । प्राथमिक निष्कासन पछि संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ पुग्ने छ । संस्थाको हाल चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । माइक्रो फाइनान्सलाई प्राथमिक शेयर निष्कासनको लागि धितोवोर्डले मंसिर २९ गते स्विकृति दिएको हो ।