भदौ १२ देखि जापानको ओसाकामा नेपाल एयरलाइन्स सिधा उडान
काठमाडौं,१४ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने भएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९९९ रपैया नयाँ भाडादर निर्धारण गरेको हो । सो गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ रुपैया कायम गरिएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।
निगमको निर्धारण गरेको ३६ हजार भाडादर प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने निगमले जनाएको छ । निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।