Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आयत बढेकोमा उपराष्ट्रपति पुनको चिन्ता

आयत बढेकोमा उपराष्ट्रपति पुनको चिन्ता

काठमाडौं,१४ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्ला दिनमा आयत बढदै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसनले गरेको कार्यक्रममा पुनले आयतलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनमा जोड दिए । निर्यात व्यापार प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्‍यक रहेको बताउदै पुनले नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सकेमात्र व्यापार सन्तुलन गर्न सकिनेमा बताउदै पुनले निर्यात व्यापारको वृद्धिमार्फत मात्रै समृद्ध नेपाल निर्माणको अभियानलाई साकार रूप दिन सकिने बताए।

‘हामी प्राकृतिक स्रोत साधनले सम्पन्न छौँ, जलविद्युत् निर्यात गर्ने चरणमा पुगिसकेका छौँ । पानी, जडीबुटीलगायत हामीलाई प्रकृतिले दिएको उपहारलाई निर्यात गर्न सक्छौँ, यो सम्पन्नतालाई उच्चतम् उपयोग गर्दै निर्यात गरेमात्रै पनि व्यापार घाटालाई कम गर्न सक्छौँ’, पुनले भने।  निर्यात व्यापारलाई प्रवर्द्धन गर्न सरकारले आफ्नो प्रयास जारी राखेको उल्लेख गर्दै उहाँले निर्यात प्रवर्द्धनमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x