Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योगमा लगानी खुम्चिदै, उद्योग दर्ताको संख्या पनि घट्दो !

उद्योगमा लगानी खुम्चिदै, उद्योग दर्ताको संख्या पनि घट्दो !

काठमाडौं,१४ साउन । सरकारले उद्योगमा लगानी भित्राउन एकीकृत सेवा केन्द्र संचालन देखि लगानी सम्मेलन आयोजनका गरेपनि उद्योग क्षेत्रमा लगानी भने घटदै गएको छ । स्थिर सरकार र लागानीका लागि गरिएको कानून संशोधनबाट लगानी कर्ता आकर्षित हुने अपेक्षा गरिएपनि उद्योग दर्ताको संख्यमा भने अघिल्लो बर्षमा भन्दा गत आर्थिक बर्षमा भने कमी रह्यो । जसका कारण लगानी पनि करिव ६८ अर्ब रुपैयाँ घटेको छ।

आर्थिक वर्ष २०७५/७६ मा उद्योग विभागमा ४३६ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ११८ उद्योग दर्ता भएका छन्। यसैगरी, कृषि तथा वन्यजन्तु क्षेत्रमा २७ उद्योग दर्ता भएका छन् भने निर्माण क्षेत्रमा ३ उद्योग, ऊर्जामूलक क्षेत्रमा ४७ उद्योग दर्ता भएका छन्। विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २१, खनिजमा १, सेवामूलकमा १ सय २ र पर्यटन क्षेत्रमा १ सय १७ उद्योग दर्ता भएका छन्। अघिल्लो बर्षमा ५०० उद्योग दर्ता भएका थिए । उद्योग विभागको तथ्यांकअनुसार हाल सम्म विभागमा करिब आठ हजार उद्योग दर्ता भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x