Shangrila

उक्साहटमा परेर आफू कार्यरत कम्पनी नछोड्न दुतावासको आग्रह

काठमाडौं,१४ साउन । नेपाली दूतावास कतारले आफूखुशी या कसैको उक्साहटमा परेर आफू कार्यरत कम्पनी नछोड्न कतारमा कार्यरत नेपालीलाई आग्रह गरेको छ । पछिल्ला दिनमा कम्पनी छोडेपछि काम नपाएको र अलपत्र परेको भन्दै उद्धारको लागि आउने क्रम बढेपछि दुतावासले यस्तो सार्वजनिक सूचना जारी गरेको हो ।

राम्रो तलब सुविधाको आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र आश्वसन बमोजिम काम पनि नपाउने र काम नयाँ कामको लागि थप पैसा पनि तिर्ने रअलपत्र परि दुतावसमा उद्वारका लागि आउने क्रम बढेको हुँदा पर्याप्त र ठोस आधारबिना आफू कार्यकरत कम्पनी नछोड्न दुतावासद्वारा जारी विज्ञाप्तिमा जनाइएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *