पुँजीगत लाभकर गणनामा उत्पन्न विवाद सुल्झियो

काठमाडौं, १५ साउन । पुँजीगत लाभकर गणनामा उत्पन्न विवाद समाधान भएको छ । आज अर्थ मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले भारित औसत विधिबाट लाभकर गणनामा सहमति कायम गरेको जानकारी दिइएको छ।
विसं २०५८ देखि २०७६ असार मसान्तसम्मको सेयर कारोबारको औसत मूल्य निकाली त्यसैलाई लागत मूल्य कायम गर्ने सहमति भएको हो । यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो ।
अब धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले यसलाई अनुमोदन गर्नेछ ।