Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सचिव नियुक्तिपछि वित्तिय आयोगको संरचना तयार गरिदैं, अध्यक्ष नियुक्ति संसदबाट

सचिव नियुक्तिपछि वित्तिय आयोगको संरचना तयार गरिदैं, अध्यक्ष नियुक्ति संसदबाट

काठमाडौं, पुस १५ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगमा सचिव नियुक्त गरेसँगै वित्तिय आयोगका संरचना बन्ने क्रम अघि बढेको छ । वित्तिय आयोगमा सरकारले अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललाई कायममुकायम सचिवको जिम्मेवारी दिएर पठाएको छ । सचिव नियुक्तिसँगै आयोगमा कर्मचारीहरु नियुक्त हुनेछन् । आयोगको अध्यक्ष भने संसद् गठनभएपछि नियुक्त गरिनेछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग केन्द्र, प्रदेश र स्थानीय तहमा प्राकृतिक स्रोत तथा राजस्वको बाँडफाँडका लागि संविधानमा व्यवस्था भएको आयोग हो ।
संवैधानिक आयोग भएकाले अध्यक्षको नियुक्ति संसद्बाट गर्न लागिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन भएपछि यसले केन्द्र, प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँड तथा प्राकृतिक स्रोतको उपयोगका सम्बन्धमा निर्णय हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *