सिभिल बैंकले दुई सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने

काठमाडौं, १५ पुस । सिभिल बैंक लिमिटेडले दुई सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ । यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्चप्रतिफल प्रदान गर्ने बैंकको विश्वास छ ।

बैंकले यस अघि देखिनै शुन्य मौज्दातको बचत खातामा ८.५० प्रतिशत वार्षिक व्याजदर दिदै आएको छ । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई यस्तै नयाँ नयाँ योजना अघि सार्दै जाने बैंकको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *