मर्जरको तयारीमा फस्र्ट माईक्रोफाईनान्स
काठमाडौं, २९ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने÷गाभिने अथवा प्राप्ति गर्ने प्रयोजनको लागि समिति गठन गरेको छ । साउन २७ गते बसेको संचालक समितिको बैठकले मर्जर तथा एक्विजिसन सम्बन्धी छलफल गर्न तथा गृहकार्य गर्न सो समिति गठन गरेको हो । समितिका संयोजक विवेकमान सिंह शाक्य छन् भने उमेश कटुवाल, युवराज क्षेत्री सदस्य र भेषराज पन्थी सदस्य सचिव नियुक्त भएका छन् ।
१७ प्रतिशत लाभांश दिने
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७ दशमलव ८९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको गत साउन २७ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनको लागि शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्तापुँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।