Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एक बर्षमा जीवन बिमाको पहुँच ५ प्रतिशतले बढ्यो, कुल जनसंख्याको १९ प्रतिशत बिमामा आवद्ध

एक बर्षमा जीवन बिमाको पहुँच ५ प्रतिशतले बढ्यो, कुल जनसंख्याको १९ प्रतिशत बिमामा आवद्ध

काठमाडौं, २९ साउन । नेपालमा एक बर्षमा नै बिमाको पहुँच ५ प्रतिशतले बढेको छ । बिमा समितिको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५÷७६ को अन्त्यसम्ममा बिमाको पहुँच कुल जनसंख्याको १९ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बिमाको पहुँच १४ प्रतिशत थियो ।

नयाँ जीवन बिमा कम्पनीहरु थपिएसँगै बिमाको पहुँच पनि बढ्न गएकोे समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । नेपालको कुल जनसंख्या २ करोड ९४ लाख २७ हजार ९ सय २७ को आधारमा जीवन बिमाको पहुँच गणना गरिएको हो । समितिको तथ्यांक अनुसार आर्थिक वर्षम २०७३÷७४ सम्ममा नेपालको बिमा पहुँच ११ प्रतिशत थियो भने आर्थिक वर्ष २०७२÷७३ मा १० प्रतिशत थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले करिब ७५ लाख बिमा योजना जारी गरेका छन् । सो अवधिमा नेपालमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुले ७४ लाख ९७ हजार ९ सय ४७ वटा बिमालेख जारी गरेका छन् । अघिल्लो वर्ष भने कम्पनीहरुले ५२ लाख १६ हजार २४६ बिमालेख जारी गरेका थिए । आर्थिक वर्ष २०७३÷७४ मा भने कम्पनीहरुले ४५ लाख २ हजार ६७ वटा बिमालेख जारी गरेका थिए भने २०७२÷७३ मा ४१ लख ८३ हजार ७५० बिमालेख जारी गरेका थिए ।
तर, समितिले जारी बिमालेखमध्ये ५ प्रतिशत दोहोरिएको हुन सक्ने अनुमान गरेको छ । तथ्यांक अनुसार गत वर्ष २ लाख ९१ हजार ८४२ वटा बिमालेख दोहोरिएको अनुमान गरिएको छ ।

जीवन बिमा कम्पनीहरुले जारी गरेको बैदेशिक रोजगार बिमाको संख्या भने १६ लाख ६१ हजार १ सय ७ छ । अघिल्लो वर्षमा भने कम्पनीहरुले ६ लाख ४८ हजार ८४ वटा बैदेशिक रोजगार म्यादी जीवन बिमा जारी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x