Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्यान गर्न संसदीय समिति

बैंकलाई ब्रोकर लाइसेन्स दिने  विषयमा अध्यान गर्न संसदीय समिति

काठमाडौं,३० साउन । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिँदा उपयुक्त हुन्छ वा हुँदैन भन्‍नेबारे अध्ययन गर्न संसद्को अर्थसमितिले उपसमिति गठन गरेको छ।धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाइसकेको अवस्थामा अर्थ समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो।

उपसमितिलाई प्रतिवेदन बुझाउन २ महिनाको समय दिइएको छ। त्यसपछि मात्र बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्‍ने विषय टुङ्‍गो लाग्‍ने समितिका सभापति कृष्णप्रसाद दाहालले बताए।

उपसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुनसक्ने वा नसक्ने भन्ने बारेसमेत अध्ययन गर्नेछ। सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।उपसमिति सदस्यमा रामबाबु यादव, प्रमिला राई, कुमार राई र देवनारायण चौधरी छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x