Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग अपरिहार्य : मन्त्री भट्टराई

भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग अपरिहार्य : मन्त्री भट्टराई

काठमाडौं, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’सफल पार्न सबै क्षेत्रबाट सहयोगका लागि अपिल गरेका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले भ्रमण वर्ष सफल बनाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको भन्दै नीजि क्षेत्रसँगै आम नगारिकलाई पनि प्रचार–प्रसारमा लाग्न आग्रह गरे ।

भ्रमण वर्षमा २० लाख पर्यटक आउने दाबी गर्दै उनले त्यसपछि क्रमिकरुपमा पर्यटन बृद्धिका लागि पूर्वाधार विकासलाई तीब्रता दिएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै भुकम्पका कारण क्षतिग्रस्त सम्पदाहरु पुनर्निर्माणको काम पनि सन्तोषजनकरुपमा भइरहेको मन्त्री भट्टराईले बताए । उनले अव छिटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उल्लेख्य सुधार हुने जानकारी दिए ।

एकअर्को प्रसंगमा मन्त्री भट्टराईले नेपालको उड्डयन क्षेत्रलाई ईयुको कालोसूचीबाट हटाउने अन्तिम तयारी भइरहको जानकारी पनि दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x