Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंकलाई बिमा गर्न बन्देज लगाउँन अभिकर्ताको माग

बैंकलाई बिमा गर्न बन्देज लगाउँन अभिकर्ताको माग

काठमाडौं, ३१ साउन । पेशागत बिमा अभिकर्ता संघले बैकलाई बिमा गर्न बन्देज लगाउँने माग सहित नेपाल राष्ट्र बैंक पुगेका छन् । उनीहरुले १० बुँदे माग सहित केन्द्रिय बैकका गर्भनर डा.चिरञ्जीवि नेपाललाई ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैकलाई बिमा गर्न बन्देज लगाए थियो । तर, नेपाल बैंकर्स संघले यसलाई उल्टाउँन माग गर्दै आएका छन् । बैक मार्फत बिमा गर्दा बिमाको दायरा बढ्ने भन्दै बैकर्सले यस्तो माग गरेका हुन ।

तर अभिकर्ताहरुले भने बैकले जबरजस्ती बिमा गराएर सेवाग्राही आर्थिक भार र मानसिक तनाब दिने गरेको बताएको छ । साथै बैकले बिमा गर्दा निक्षेपकर्ताको निक्षेप सुरक्षित नहुने, बैकले आफुलाई मन लागेको समयमा रकम काटिदिने भएकाले निक्षेपकर्ताको गोपनियता कायम नहुने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x