नेशनल लाईफ इन्स्योरेन्सको नाफामा १२.७३ प्रतिशत बृद्धि
काठमाडौं, ३१ साउन । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५÷७६ मा ३३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन आर्जन गरेको छ। गत वर्षको सोही अवधिको तुलनमा यो नाफा रकम १२.७३ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै कम्पनीले खुद बिमा शुल्क २७.१८ प्रतिशतले बढाएर ७ अर्ब ८० करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ६ अर्ब १३ करोड ३२ लाख रुपैयाँ रहेको थियो । गत वर्ष २ अर्ब ५० करोड ६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।