बिवादका बीच उद्योग वाणिज्य महासंघले बोलायो विशेष साधारणसभा

काठमाडौं,३२ साउन ।  नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधनका लागि आगामी कात्तिक २९ गते विशेष साधारणसभा गर्ने भएको छ। विशेष साधारणसभा बोलाउने विषयमा वर्तमान अध्यक्ष पशुपति मुरारकासहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सदस्य रञ्जीत आचर्य र कृष्ण दुलालले असहमति जनाएका छन्। तर लिखित असहमति भने मुरारकाले मात्रै राखेका छन् । मुरारकाले विधान मिचेर मिति तोकिएको आरोप लगाएका छन्।

पूर्वअध्यक्ष चण्डीराज ढकाल नेतृत्वको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान आगामी साधरणसभा वा त्यसपछिबाट गर्ने विकल्पसहितको प्रतिवेदन तयार गरेको छ।विधान संशोधन गरेर उपाध्यक्षलाई स्वतः अध्यक्षमा जाने बाटो रोक्न लागिएको आंशका मुरारका समुहको छ । अघिल्लो कार्यकारी बैठकमा समेत पशुपति मुरारकाले १५ दिनको समय माग्दै अनि मात्रै मिति तोक्नुपर्ने भनेका थिए। तर अध्यक्ष राणाले भने देश संघीयतामा गइसकेपछि विधान संशोधन जरुरी रहेको  भन्दै विधान संशोधनका लागि विशेष साधारण सभा बोलाउने प्रस्ताब बैठकबाट असहमतिका बीच पारित गराइन् । यस्तै बैठकले महासंघको कोषाध्यक्षमा निरक केसीलाई चयन गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *