Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

श्रम अडिट कार्यान्वयनमा, श्रमिकको तलव बै‌ंक खाता मार्फत नदिए कारबाहि

श्रम अडिट कार्यान्वयनमा, श्रमिकको तलव बै‌ंक खाता मार्फत नदिए कारबाहि

काठमाडौं,३२ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम अडिटलाई कडाइका साथ कार्यान्वयमा लागिएको बताउदै श्रमिकको न्यूनतम् पारिश्रमिक बैंक खाता मर्फत भुक्तानी दिन सम्पूर्ण प्रतिष्ठानलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ लगायत श्रम कानूनमा भएका व्यवस्थाबमोजिम न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले श्रम कानूनले निर्दिष्ट गरेको सेवा सुविधा तथा न्यूनतम पारिश्रमिकलगायत अन्य वित्तीय सुविधा उपलब्ध नगराउने प्रतिष्ठानमाथि कारवाही गरिने चेतावनी दिएको छ ।

यसैगरी मन्त्रालयले श्रम अडिटलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । मन्त्रालयले आ–आफ्नो प्रतिष्ठानको श्रम अडिट गराई श्रम तथा रोजगार कार्यालयमा पेश गर्न पनि निर्देशन दिएको छ ।श्रम मन्त्रालयले गत आवदेखि श्रम अडिटसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको जानकारी गराएको छ । श्रम नियमावली, २०७५ को नियम ५६ ले प्रत्येक प्रतिष्ठानले श्रम अडिट गर्नुपर्ने व्यवस्था गरेको छ । हालसम्म ३०० भन्दाबढी प्रतिष्ठानले श्रम अडिट सम्पन्न गराइसकेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । अडिट नगराएका प्रतिष्ठाहरुलाई छिटो श्रम अडिट गराउन समेत आग्रह गरेको छ ।

सरकारले २०७५ असार ३२ गते राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकले पाउने पारिश्रमिक र वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ तोकेको थियो । यसैगरी घरेलु कामदारको पारिश्रमिक तथा वित्तीय सुविधा २०७६ पुस मसान्तभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x