गत वर्ष २८ वाणिज्य बैंकको नाफा ६५ अर्व ३९ करोड
काठमाडौं, ३२ साउन । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य बृद्धि गरेका छन् । प्रायः बर्षभरि नै लगानीयोग्य रकम (तरलता)को अभाव भोगेका बैंकहरुले नाफामा भने उल्लेख्य बृद्धि गरेका छन् । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले ६५ अर्व ३९ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा रकम अघिल्लो वर्षको भन्दा २४.५८ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको तुलनामा ३ वटा बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा रकम बढाएका छन्। यो अवधीमा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जाको ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
कुन बैंकको नाफा कति
१) राष्ट्रिय वाणिज्य बैंक ः ५अर्ब ३२ करोड रुपैयाँ
२) कृषि विकास बैंक ः ४ अर्ब ३५ करोड रुपैयाँ
३) नविल बैंक ः ४ अर्ब २९ करोड रुपैयाँ
४) नेपाल इन्भेष्टमेन्ट बैंकः ३अर्ब ४१ करोड रुपैयाँ
५) एनआईसी एशिया बैंकः ३ अर्ब ५करोड रुपैयाँ
६) एभरेष्ट बैंकः ३ अर्ब ४ करोड रुपैयाँ
७) हिमालयन बैंकः २ अर्ब ८४ करोड रुपैयाँ
८) ग्लोबल आईएमई बैंकः २अर्ब ७९ करोड रुपैयाँ
९) नेपाल बैंकः २अर्ब ६१ करोड रुपैयाँ
१०) सिद्धार्थ बैंकः २अर्ब ३० करोड रुपैयाँ
११) नेपाल एसबीआई बैंकः २अर्ब ३० करोड रुपैयाँ
१२) सानिमा बैंकः २ अर्ब २४ करोड रुपैयाँ
१३) प्रभु बैंकः २अर्ब ५करोड रुपैयाँ
१४) स्टान्डर्ड चार्टर्ड बैंकः २अर्ब४९ करोड रुपैयाँ
१५) प्राइम कमर्सियल बैंकः २अर्ब ३६ करोड रुपैयाँ
१६) एनएमबि बैंकः २अर्ब ३१ करोड रुपैयाँ
१७) बैंक अफ काठमाण्डूः १ अर्ब ९३ करोड रुपैयाँ
१८) मेगा बैंकः १ अर्ब ७१ करोड रुपैयाँ
१९) माछापुच्छ्रे बैंकः १अर्ब ७० करोड रुपैयाँ
२०) सन्राइज बैंकः १ अर्ब ७० करोड रुपैयाँ
२१) नेपाल–बंगलादेश बैंकः १ अर्ब ६१ करोड रुपैयाँ
२२) लक्ष्मी बैंकः १ अर्ब ५७ करोड रुपैयाँ
२३) एनसिसि बैंकः १अर्ब ५२ करोड रुपैयाँ
२४) सिटिजन्स बैंक ः १ अर्ब ४८ करोड रुपैयाँ
२५) जनता बैंकः १ अर्ब ३४ करोड रुपैयाँ
२६) कुमारी बैंकः १ अर्ब ३३ करोड रुपैयाँ
२७) सेञ्चुरी कमर्सियल बैंकः ८६ करोड ८ लाख रुपैयाँ
२८) सिभिल बैंकः ८० करोड रुपैयाँ