Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु आवको पहिलो महिनामा राजस्व संकलन ६ प्रतिशत हुँदा खर्च ०.२७ प्रतिशत !

चालु आवको पहिलो महिनामा राजस्व संकलन ६ प्रतिशत हुँदा खर्च ०.२७ प्रतिशत !

काठमाडौं,१ भदौं । चालु आर्थिक बर्षको पहिलो महिनामा राजस्व संकलन लक्ष्यकाे ६ प्रतिशत हुँदा कुल बजेटकाे ०.२७ प्रतिशत मात्र खर्च भएकाे छ । गएकाे एक महिनामा जम्मा चार अर्ब २० करोड रुपैयाँ मात्रै भएको छ। सरकारले चालु आर्थिक वर्षको लागि १५ अर्ब ३२ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा पहिलो महिनामा चालु खर्च तीन अर्ब ५० करोड १४ लाख र पुँजीगत खर्च ५९ करोड २९ लाख र वित्तीय व्यवस्था खर्च १० करोड १९ लाख रुपैयाँ खर्च गरी चार अर्ब २० करोड ३५ लाख रुपैयाँ खर्च गरेको हो। यो चालु आर्थिक वर्षको लागि एक महिनासम्मको खर्च स्थिति हेर्दा चालु खर्च ०.३७, पुँजीगत ०.१५ र वित्तीय व्यवस्था ०.०६ प्रतिशत मात्रै भएको छ। 

महालेखा नियन्त्रककाे कार्यालयका अनुशार ११ खर्ब १२ अर्ब तीन करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा पहिलो महिना ६७ अर्ब २१ करोड ३९ लाख रुपैयाँ राजस्व उठेको छ। जसमा कर राजस्व ६२ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ उठाएको छ भने गैर कर राजस्व चार अर्ब ८७ करोड ९६ लाख रुपैयाँ उठाएको छ। याे लक्ष्यको ६ प्रतिशतभन्दा बढी हाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x