संसदमा प्रधानमन्त्रीको व्यंग्यात्मक सम्बोधन ‘केही गरेन भन्नेलाई यो वर्ष अझै धेरै गरेर देखाईदिउला’
काठमाडौं, १ भद्रौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले विकासमा ध्यान दिए, केहि गर्न सकेन भन्नेहरुलाई व्यंग्य पनि गरे ।
केही भएन भन्दा पनि आर्थिक वृद्धिदर ७ प्रतिशत बढीको भएको भन्दै उनले यो नेपालको रेकर्ड भएको बताए । यो वर्ष ८.५ प्रतिशत पुग्ने र अर्को वर्ष ९.५ प्रतिशत पुग्ने उनले बताए ।
त्यस्तै, यो वर्ष ७ सय किलोमिटर सडक पिच भयो भन्दा पनि केही भएन भन्नेहरुका लागि अर्को वर्ष १५ सय किलोमिटर बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो । मेलम्ची खानेपानी आयोजनकाबारेमा पनि उनले व्यंग्यात्मक रुपमा आफ्नो भनाइ राख्दै ठेगदार भागेपनि सरकार नभागेको उल्लेख गर्दै मेलम्चीको पानी छिटै ल्याउने बताए ।