Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

१४ औं हात्ती महोत्सव सम्पन्न

१४ औं हात्ती महोत्सव सम्पन्न

काठमाडौं, १६ पुस । चितवनको सौराहामा भएको १४ औं हात्ती महोत्सव सम्पन्न भएको छ । पौष ११ गते देखि सौराहाको बाघमारा चौरमा सुरु भएको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पूजाकलीले जितेको छ ।

प्रतियोगितामा एलिसाकली, पुष्पाकली, सेल्फीकली र बिजुलीकली सहभागी थिए । पूजाकली होटल पार्क साईडको हात्ती हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिनेसुन्दरी प्रतियोगितामा पूजाकलीले उपाधि जितेको जनाइएको छ ।

त्यस्तै यसै वर्षबाट सुरू गरिएको हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै पुनमकली पेन्टिङमा आर्कषक देखिएको हो । त्यसैगरी हात्तीको फास्टवाक प्रतियोगितामा टुरीजम डेभलपमेन्ट बैंकको लक्की कलि प्रथम भएको छ । यस्तै हिमालयन सोसल जोर्नीको एकताकली दोस्रो र कोकाकोला कम्पनीको अनार कली तेस्रो भए ।

प्रतियोगितामा २० वटा हात्तीको सहभागिता थियो । चितवनमा आन्तरिक तथा बाह्य पर्यटक प्रर्बद्धन गर्ने उद्देश्यले हरेक वर्ष क्षेत्रीय होटल संघ चितवनले हात्ती महोत्सव गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x