Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निजी स्वार्थ होइन, संस्थाको हितलाई सर्वोपरि ठान्नेलाई सहयोग गर्नुस : मन्त्री अर्याल

निजी स्वार्थ होइन, संस्थाको हितलाई सर्वोपरि ठान्नेलाई सहयोग गर्नुस : मन्त्री अर्याल

काठमाडौं, २ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ औं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताउँदै कतिपय व्यक्तिहरुको कर्जाको लािग मात्रै सदस्य बन्ने गरेको बताईन् ।

सहकारीको अन्य गतिविधिमा संलग्न हुने तर, कर्जाको लागि मात्रै सहकारुी धाउँनेले सहकारीको हितमा काम नगर्ने मन्त्री अर्यालले बताईन् । ‘सहकारी सधै सहकारीको हितमा र अन्य कार्यमा संलग्न हुनेलाई मात्रै लगानी गर्नुपर्छ । उनीहरु बास्तविक सहकारीकर्मी हुन्,’ उनले भनिन् । सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरिन् । ‘अब लगानीका दिशामा अगाडि बढ्नुस् । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस् । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् तर उनीहरूसँग पैसा छैन । ती संस्थालाई तपाई पैसा भएका संस्थाहरूले सहयोग गर्नुस ।,’ सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको मन्त्री अर्यालले बताईन् ।

सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको भन्दै मन्त्री अर्यालले कानुनका मातहतमा रहेर एउटै ब्याजदर निर्माण गरिएको बताईन् । तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको उनले बताईन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन लाग्नु पर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x