Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बास्डरमा मिस नेपाल अनुष्का नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बास्डरमा मिस नेपाल अनुष्का नियुक्त

काठमाडौं, ३ भदौ । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अन्य बैंकसँग प्रतिस्पर्धाका गर्दै सेवालाई अझ विस्तार गर्दै अघि बढ्न ब्रन्ड एम्बास्डर नियुक्त गरेको बताए । हाल बैंकले ७७ जिल्लामा २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा दिदै आएको छ।

गत आर्थिक वर्षमा बैंकले ५ अर्व ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा १ खर्ब ९० अर्व रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x