Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१० बर्षभित्र सहकारी ५ हजारमा झार्नुपर्छ : बडाल

१० बर्षभित्र सहकारी ५ हजारमा झार्नुपर्छ : बडाल

काठमाडौं, ३ भदौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आगामी १० बर्षमा सहकारी संघ÷संस्थाहरुको सख्या ५ हजारमा झार्ने बताएका छन् । सोमबार सहकारी समन्वय संजालको राष्ट्रिय सहकारी बैंकमा बसेको ४३ औं बैठकमा सम्बोधन गर्दै उनले अब सहकारीकर्मीहरुले सहकारीको एकिकरणमा जोड दिनुपर्ने बताएका हुन् । ‘ यसमा उत्साही भएर अभियान चलाउन आग्रह गर्दछु । गैरसरकारी संस्थाले प्रवद्र्धन गरेका सहकारी संस्थाहरु पनि एकीकरण जोड दिनुपर्छ,’ उनले भने ।

अध्यक्ष बडालले ऐन नियमले तोके अनुसार कोषहरु निमांण गरी सहकारीलाई सवल र बलियो बनाउने समेत आग्रह गरे । सहकारीको विषय बुझाए मात्र सदस्यता दिनुपर्ने धारणा राख्दै उनले केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी विकास बोर्डले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए । सहकारी घटाउने तर उत्पादनलाई ५ बर्षमा दोब्बर बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सरकारले कम ब्याजदरमा लगानी गर्ने ऋण सहकारी बैंकमार्फत उपलब्ध गराउन सकेको खण्डमा सहकारीले गर्ने उत्पादनमा बृद्धि हुने बताए । उनले बैंकले ४४ शाखामार्फत सहकारी संघ÷संस्थालाई वित्तिय सेवा प्रदान गरिरहेको बताए ।

आइएलओका राष्ट्रिय कार्यक्रम व्यवस्थापक नविन कर्णले सहकारी मूल्य शृखलामा जानुपर्ने र यसका लागि आइएलओले सहकारीमार्फत विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले सहकारी तल्लो समुदायसम्म पुगेको क्षेत्र भएकाले यसलाई सरकारले महत्व दिएको धारणा राखे । कार्यक्रममा साना किसा लद्युवित्त संस्थाका कार्यकारी निर्देशक डा शिवराम कोइराला र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रि गुराजाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x