Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआरएनएमा चुनावी चहलपहल, नेतृत्वका लागि उपाध्यक्षद्वय आचार्य र पन्तको दाबी

एनआरएनएमा चुनावी चहलपहल, नेतृत्वका लागि उपाध्यक्षद्वय आचार्य र पन्तको दाबी

काठमाडौं, ३ भदौ । गैर आवासीय नेपालीहरुको छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आगामी असोज २६ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त सम्मेलनले गैर आवासीय नेपालीहरुको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

सम्मेलन आउन झन्डै दुई महिना बाँकी छ । तर विश्वका ८० देशमा रहेका ८० लाख गैर आवासीय नेपालीहरुको आगामी नेतृत्व छनौटका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ। हालै युरोपमा सम्पन्न १२औं युरोपेली क्षेत्रीय बैठकमा पनि संघको नजिकिदैं गरेको चुनावको प्रभाव स्पष्ट देख्न सकिन्थ्यो ।

संघ स्थापना भएको पछिल्लो १६ वर्षमा डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घलेले नेतृत्व गरिसकेका छन् । हाल भवन भट्टले नेतृत्व सम्हाली रहेका छन् ।
आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी घोषणा गरेका छन् । आचार्य र पन्त दुवै गैर आवासीय नेपाली आन्दोलनको सुरुवातदेखि नै संगठनमा सक्रिय छन् ।

सम्मेलन नजिकिदैं गर्दा अध्यक्ष पदका दुवै उम्मेद्वारले प्रचार प्रसार तीव्र पारेका छन् । पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर युरोपका विभिन्न देशमा हस्पिटालिटी व्यवसाय चलाइरहेका छन् । उनले संघको तर्फबाट नेपालको समृद्धिमा ठोस पहल चाल्न आवश्यक रहेको भन्दै अवको नेतृत्व आफुले गर्ने बताए । अर्थको अर्थसँगको कुराकानीमा उनले नेपालमा गैर आवासीय नेपालीहरुको संयुक्त लगानीसँगै ज्ञान, सिप र प्रविधि भित्र्याउन पहल गर्ने भन्दै नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै, अर्का अध्यक्षका दाबेदार कुल आचार्य संयुक्त अधिराज्यको लण्डन सहरमा हस्पिटालिटी व्यवसायमा सक्रिय छन् । संघमा रहेर लामो समय देखि काम गरिहरेकाले नेतृत्व लिनेपालो अव आफ्नो भएको उनले बताए । ‘ मैले संघमा रहेर लामो समय देखि काम गरिहरेको छु, ’ उनले भने, ‘लण्डन गैर आवासीय नेपालीहरुको सुरुवात भएको ठाउँ पनि हो । तर त्यो ठाउँले अहिले सम्म नेतृत्व लिएको छैन, त्यसकारण पनि अव लण्डनको नेतृत्व लिनेपालो हो ।’

गैर आवासीय नेपालीहरुको ज्ञान, सीप, पुँजीमार्फत् नेपालको विकासमा संघले योगदान पु¥याइरहेको छ । यसका अतिरिक्त परोपकारी र सामाजिक कामहरुमा पनि सक्रिय छ । हालै युरोपको क्षेत्रीय सम्मेलनको क्रममा पनि नेपालका बाढी पीडितलाई ५१ लाख रुपैयाँ सहयोग घोषणा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x