Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हकप्रद र बोनस शेयर पछि १० कम्पनीहरुको मुल्य समायोजन, कसको कतिमा भयो मुल्य समायोजन

हकप्रद र बोनस शेयर पछि १० कम्पनीहरुको मुल्य समायोजन, कसको कतिमा भयो मुल्य समायोजन

काठमाडौं, १६ पौष । नेपाल स्टक एक्सचेन्जले आइतबार १० कम्पनीहरुको शेयर मुल्य समायोजन गरेको छ । हकप्रद शेयर र बोनस शेयर प्रयोजनको लागि यी कम्पनीहरुको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेले आइतबार १ वाणिज्य बैंक, ३ विकास बैंक, २ वित्त कम्पनी र ४ लघवित्तहरुको शेयर मुल्य समायोजन गरेको छ ।

कसको कतिमा भयो मुल्य समायोजन

स्ट्याण्डर्ड चार्टर्डः एक प्रतिशत बोनस शेयर घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मुल्य ९५० रुपैयाँमा भएको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य १६२२ रुपैयाँ रहेको छ ।

पुर्णिमा विकास बैंकः पुर्णिमा विकास बैंकको प्रति कित्ता शेयर २२७ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । बैंकले १९.१९ प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मुल्य समायोजन गरिएको हो । बैंकको शेयर आधार मुल्य २९४ रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंकः १५ प्रतिशत बोनस शेयर दिने भएपछि गरिमा विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेप्सेका अनुसार बैंकको नयाँ समायोजित मुल्य १९७ रुपैयाँ र शेयर आधार मुल्य २४९ रुपैयाँ रहेको छ ।

मिसन डेभलपमेन्ट बैंकः नेपाल स्टक एक्सचेन्जले मिसन डेभलपमेन्ट बैंकको शेयर २०९ रुपैयाँमा मुल्य समायोजन गरेको छ । बैंकले २० प्रतिशत बोनस शेयर घोषणा गरेको छ । बैंकको शेयर आधार मुल्य २४८ रुपैयाँ रहेको छ ।

पोखरा फाइनान्सः १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पोखरा फाइनान्सको शेयर १७७ रुपैयाँ मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार फाइनान्सको शेयर आधार मुल्य २४४ रुपैयाँ रहेको छ ।

युनाइटेड फाइनान्सः शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयरको घोषणा गरेको युनाइटेड फाइनान्सको शेयर २२९ रुपैयाँमा मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार फाइनान्सको शेयर आधार मुल्य ३१८ रुपैयाँ रहेको छ ।

समित माइक्रोफाइनान्सः ३४.४८ प्रतिशत बोनस शेयर घोषणा गरेको समित माइक्रोफाइनान्सको शेयर १४३६ रुपैयाँमा मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार माइक्रोफाइनान्सको शेयर आधार मुल्य १५७६ रुपैयाँ रहेको छ ।

मिथिला लघुवित्तः मिथिला लघुवित्तको शेयर १०५२ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । लघुवित्तले १५ प्रतिशतको बोनस शेयरको घोषणा गरेको छ । लघुवित्तको शेयर आधार मुल्य ११५२ रुपैयाँ रहेको छ । ्

निर्धन उत्थानः ६६.६७ प्रतिशत बोनस शेयर दिने भएपछि निर्धन उत्थानको शेयर १२६२ रुपैयाँमा मुल्य समायोजन भएको छ । निर्धनको शेयर आधार मुल्य १२८३ रुपैयाँ रहेको छ ।

डिप्रोक्सः शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयरको घोषणा गरेको डिप्रोक्सको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले डिप्रोक्सको शेयर ८९१ रुपैयाँमा गरेको छ । नेप्सको अनुसार डिप्रोक्सको शेयर आधार मुल्य ९४१ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x