१३ लाख बढी आर्थिक सहायता वितरण र ५७ लाख रकमान्तर !
काठमाडौं,५ भदौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै १३ लाख रूपैयाँ बढी आर्थिक सहायता बितरण गरेको छ भने ५७ लाख भन्दा बढी रकमा रकमान्तर गरेको छ । । गत साउन मसान्तसम्म आर्थिक सहायता शीर्षकमा १३ लाख ६१ हजार निकासा गरिएका अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुशार मानवअधिकारवादी टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार रूपैयाँ सहायता उपलब्ध गराएको छ। यस्तै धादिङको बेनीघाट रोराङ निवासी केशव बिसुराललाई आर्थिक सहायता उपलब्ध गराउन ५ लाख ७३ हजार रूपैयाँ निकासा भएको छ। त्यसैगरी सर्वोच्च अदालतको आदेश बमोजिम पूर्वी चौकी-५, डोटीको खोपपश्चात मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई जनही १० लाखको दर क्षतिपूर्ति उपलब्ध गराउन २ लाख ६० हजार रूपैयाँ निकासा गरिएको छ। साउन महिनामा भ्रमण शीर्षकमा ४ लाख ४० हजार रूपैयाँ निकासा गरेको छ।
रोकिएन रकामान्तर
त्यसैगरी सरकारले आर्थिक बर्षको पहिलो एक महिनामा नै ५७ लाख ६५ हजार रूपैयाँ रकमान्तर गरेको छ । जस अनुशार प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनको लागि १० लाख र सार्वजनिक र गुठी जगगा संरक्षसम्बन्धी जाँचबुझ आयोगको लागि ४७ लाख ६५ हजार रूपैयाँ रकमान्तर गरी निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ।